श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ २८ गते मङ्गलबार, १३ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन कृष्णपक्षको तृतीया तिथि १०ः५६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र रेवती ०६ः५२ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रराशि–मेष, सूर्याेदय ०५ः४८ बजे र सूर्यास्त ०६ः११ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । अवरोध देखा पर्ने हुँदा होसियारी साथ काममा जुट्नुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छिद्र खोतल्नेहरूले दुःख दिनेछन् । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गरे सकारात्मक सङ्केत नै प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत गरे अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्यले विभिन्न अवसर जुटाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले लक्ष्यमा पु¥याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । प्रयत्न गरे दिगो कामको जग बसाउन पनि सफल भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्।