श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ २९ गते बुधबार, १४ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन कृष्णपक्षको चतुर्थी  तिथि १०ः४६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अश्विनी ०७ः१५ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्याेदय ०५ः४८ बजे र सूर्यास्त ०६ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको सहयोगमा जुट्नुपरे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका कामसमेत सम्पादन हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ । जिम्मेवारी आए पनि उपलब्धिका लागि समय लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौतीभित्र अवसर खोज्ने समय छ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। भविष्यका लागि कामको जग बसाउने मौका छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटले दिगो फाइदा उठाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । दिन सामान्य देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आशा देखाउनेहरूको भर पर्दा पछि परिनेछ । अवसरका लागि केही दौडधुप गर्नु पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ । उधारोमा व्यापार गर्नुपर्ला । अध्ययनमा पछि परिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। स्वादिष्ट भोजन प्राप्त हुनेछ ।