श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ ३१ गते शुक्रबार, १६ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन कृष्णपक्षको षष्ठी तिथि १२ः४२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र कृतिका १०ः४५ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्याेदय ०५ः४९ बजे र सूर्यास्त ०६ः०७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिनभरि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कमजोरीका बाबजुद अरूका लागि समय खर्चनुपर्ला। प्रयत्न गर्दा नियमित कामबाट लाभ उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। साँझतिर आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समुदायको हितमा असल काम गर्न सकिनेछ।आजको दिन केही संघर्षमय रहने देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ। साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पेसामा प्रशस्त फाइदा हुनेछ । पहिले रोकिएको कामले उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हात लागी हुनेछ । पशुपालन र व्यापारमा फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सोख र हडबडीले केही समस्या निम्त्याउन सक्छ। काम बने पनि सानो त्रुटि सच्याउन निकै मेहनत गर्नुपर्ला।