धनकुटा । सञ्चारिका समूह धनकुटाको दोस्रो जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ ।

अधिवेशनले आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का १ नम्बर प्रदेश समितिका सदस्य एवम् रेडियो लाली गुराँस धनकुटा हिलेकी समाचार सम्पादक सर्मिला राईलाई अध्यक्षमा चयन गरेको छ ।

सञ्चारिका समूहका केन्द्रीय अध्यक्ष विमला तुम्खेवाको प्रमुख आतिथ्यमा सम्पन्न धनकुटा जिल्लाको दोस्रो अधिवेशनको बन्द सत्रले उपाध्यक्षमा रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र धनकुटामा कार्यरत निर्मला कुँवर, सचिवमा रेडियो भेडेटारमा कार्यरत आकृति राई, सह–सचिवमा रेडियो मकालुका शारदा विश्वकर्मा र कोषाध्यक्षमा चाँदनी राई चयन भएका छन् ।

१३ सदस्यीय जिल्ला कार्य समिति धनकुटाको सदस्यहरूमा अनिता राई, बालकुमारी थापा, सृजना खुलाल, सष्टिका राई, सुनिता राई, अनुसा राई र धनकुमारी राई चयन भएका छन् ।

दोस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सञ्चारिका समूहका केन्द्रीय अध्यक्ष तुम्खेवाले नेपाली पत्रकारितामा महिला पत्रकारहरूको उपस्थिति १५ प्रतिशतभन्दा माथि उठ्न नसकेको बताइन् । उनले पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरूको उपस्थिति बढाउनका लागि देशव्यापीरूपमा सञ्चारिका समूहले पुनर्जागरणको अभियान सञ्चालन गरिरहेको उनले बताइन् ।

सो अवसरमा सञ्चारिका समूह धनकुटाका सल्लाहकार एवम् आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) १ नम्बर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासङ्घ १ नम्बर प्रदेश समितिका उपाध्यक्ष हिमा चेम्जोङ, धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, १ नम्बर प्रदेशका निवर्तमान उपाध्यक्ष स्मिता निरौला, पत्रकार महासङ्घ धनकुटा शाखाका सल्लाहकार रमेशचन्द्र अधिकारी, शाखा उपाध्यक्ष एवम् निवर्तमान सञ्चारिका समूह धनकुटाका अध्यक्ष देवकला कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।