धरान । धरान–९ स्थित अपाङ्ग तथा असहाय केन्द्रका सदस्य अशोक अग्रवालले अति विपन्न परिवारबाट प्रतिनिधित्व गर्ने अपाङ्ग तथा असहाय व्यक्तिहरूलाई सहयोग गरेका छन् ।

अग्रवालले २० जना अपाङ्ग तथा असहाय परिवारलाई खाद्यान्न, १० जना बालबालिकालाई शैक्षिक सामग्री र द्वन्द्वपीडित महिलाहरूलाई दुईवटा सिलाइ मेसिन वितरण गरेका छन् ।

यस्तै भोजपुर घर भई हाल धरान–५ देउरालीमा बस्दै आएका दुवै खुट्टामा समस्या भएका यमकुमार दर्जीको खुट्टाको शल्यक्रिया गरिदिने भएको केन्द्रका निर्देशक सुनिल खड्काले जानकारी दिए । उनले विभिन्न दातृसंस्था तथा दाताहरूकै सहयोगमा हरेक महिनाको १ गते र १५ गते सहयोग गर्दै आएको बताए ।