पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता विकास तालिम संचालन गरेको छ । अपाङ्घगता रोकथाम पुनस्र्थापना कार्यक्रम अन्तरर्गत पालिका र वडामा रहेका अपाङ्घगता समुहका पदाधिकारी र सदस्यलाई दुई दिने क्षमता तालिम दिएको स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काले बताए ।

गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा प्रमुख अथिति कुम्मायक १ का वडअध्यक्ष देबेन्द्रकुमार लावतीले गाउँपालिकामा अपाङ्घगता भएका नागरिकले आफ्नो हक र अधिकारको बिषयमा जानकारी दिनुपर्नेमा जोड दिए । उनले पालिका र वडाले शिपमूलक तालिम र आयआर्जनको क्षेत्रमा बिगतदेखि सहयोग गर्दै स्मरण गर्दै यसलाई निरन्तरता दिने समेत जनाए ।

तालिमका सहभागिहरुलाई अपाङ्घगताको पहिचान, परिचय बितरण तथा बर्गिकरण र सेवा सुविधाको बिषयमा जानकारी गराइएको थियो । अपाङ्घगता भएका नागरिकहरुले राज्यबाट पाउने सेवा सुविधा, हक र अधिकारलाई नेतृत्व विकास र संचार सिप सम्बन्धि सहजिकरण गरिएको करुण फाउन्डेस नेपाल पाँचथरका संयोजक केदार भण्डारीले बताए । कार्यक्रम प्रदेश १ को सामाजिक विकास मन्त्रालय अन्तरर्गत करुणा फाउण्डेस नेपालको सहयोगमा कुम्मायक गाउँपालिकाले आयोजना गरेको हो ।