देउराली । प्रदेश १ को नाम कोशी प्रदेश राख्न प्रस्ताव दर्ता भएको छ । नेकपा एमालेका सांसदले गरेको उक्त प्रस्तावमा नेपाली  काँग्रेसको  समर्थन रहेको छ भने । नेकपा माओवादी केन्द्र पनि उक्त नामको पक्षमा रहेको छ ।

एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र निरन राईको समर्थ  रहेको उक्त प्रस्तावमा  नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशीको पनि समर्थन  रहेर छ।  काँग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेस गर्ने सहमति गरेसँगै सत्तारूढ दल माओवादी केन्द्रले उक्त प्रस्तावमा नै मतदान गर्ने भएको हो । 

पहिचानसहितको प्रदेशको नामकरण हुनुपर्ने भन्दै वकालत गरिरहेको  माओवादी केन्द्रका  प्रदेश १ सांसद गणेश उप्रेतीले कोशीमै भोट हाल्ने बताएका छन्  ।