पथरी । मोरङको पथरीशनिश्चरे नगरले १० घरपरिवारलाई सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरण गरेको छ ।

विहिबार वडा नं. ८ का सुकुम्बासीहरुलाई १० वटा जग्गा धनीपुर्जा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले वितरण गरेको हो । धनीपुर्जा प्राप्त गर्नेहरुमा आसीराम लिम्बु, खड्गबहादुर भुजेल, राजकुमार चौधरी, चेतनाथ काफ्ले, कृष्ण कार्की, दिलकुमार मगर, गोपालबहादुर तामाङ, गोमादेवी भुजेल, लालीमाया भुजेल र रामबहादुर थापा रहेका छन् ।

नगर प्रमुख तुम्वापोले पुर्जा वितरणका यथार्थ कुराहरू वडावासीमा माझ प्रष्टाएका थिए । वडा नं. ८ को सभाहलमा भएको सो कार्यक्रम वडाअध्यक्ष नविन कार्कीको अध्यक्षतामा भएको थियो । वडाध्यक्ष कार्कीले अब वडामा थप धनीपुर्जा छिट्टै नै वितरण गरिनेछ बताए । यस्तैगरी सो कार्यक्रममा वडा सदस्य बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा, झमक बहादुर लिम्बु, वडा स्तरीय भूमि सहजीकरण समितिका सदस्य टिकाराम खड्का लगायतको उपस्थिति रहेको थियो । 

यसभन्दा अघि वडा नं. ८ मा नै सुशिला घिमिरे नेतृत्वको राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङले माघ महिनामा ११ जनलाई पुर्जा वितरण गरेको थियो । वडाका चोकराज कटुवाल, जैसे मगर, टिकाराम दाहाल, प्रेमबहादुर माझी, डम्बरबहादुर माझी, पुर्णबहादुर माझी(क), पूर्णबहादुर माझी(ख), चन्द्रमाया कटुवाल, शुकविर माझी, इन्द्रबहादुर विश्वकर्मा र लोकबहादुर कार्कीलाई लालपुर्जा वितरण गरिएको थियो ।