विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । झापाको विर्तामोडमा बिहीबार सम्पन्न भएको महासंघको साधारणसभाले राउतलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । 

महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् । पौडेलले यसअघि अध्यक्षमा दावी गरेपनि उपाध्यक्ष बस्न तयार भएपछि सर्वसम्मतिको वातावरण बनेको हो । महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगतबाट राजन श्रेष्ठ र दिपक पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भए ।

यस्तै एशोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताले जानकारी दिए । राउत दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन् । उनी केहि समय घि उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि प्रदेश अध्यक्ष बन्ने बाटो खुलेको थियो ।