विराटनगर । मोरङकाे दुइवटा विद्यालयकाे नवनिर्मित भवनकाे शिलान्यास गरिएको छ ।

सुनवर्षी नगरपालिका ४ मा रहेको जनता माध्यमिक  विद्यालय गान्धी आश्रम र केराबारि गाउँपालिकामा रहेकाे मछिन्द्र माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको हाे।

६ करोड लागतमा निर्माण सम्पन्न भएका दुई भवनको उदघाटन भारतिय राजदुत नवीन श्रीवास्तबले गरे । उनले नेपाल मा ५सय ३५भन्दा बढी प्रोजेक्ट गरेको र ४सय ८० योजना सम्पन्न भैसकेको जानकारी गराए। उनले हाल ६०भन्दा बढी प्रोजेक्ट निर्माणधिन अवस्था मा रहेका र मोरङ मा मात्र १५ प्रोजेक्टहरु को काम गरेको बताए।

त्यस्तै गरी कोशी प्रदेशमा २०ओटा एम्बुलेन्स साथै मोरङ मा ८ बसहरु  प्रदान गरेको बताउँदै आगामी दिनमा पनि सहकार्य गरी थप योजना ल्याउन पहल समेत गर्ने बताए।

कार्यक्रममा सुनवर्षी नगरपालिका नगर प्रमुख श्याम प्रसाद राजवंशीले विद्यालयकाे सुविधा सम्पन्न भवन निर्माणले विद्यालयलाई पठनपाठनमा सहज हुने बताए । कार्यक्रममा जिल्ला विकास का अध्यक्ष अजम्बर राई, उप प्रमुख मिरा देवी दासलगतयतकाे उपस्थित रहेकाे थियाे ।