धरान । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी सङ्घको नयाँ कार्यसमितिको सपथ तथा पदस्थापन कार्यक्रम वैशाख २ गते सम्पन्न भएको छ । 

सङ्घको धरान–४ स्थित कार्यालयमा हालै निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहणका साथै पदस्थापन गरिएको हो । धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हालै निर्वाचित अध्यक्ष मछिन्द्र तामाङ, वरिष्ठ उपाध्यक्ष महेशकुमार प्रधान, उपाध्यक्षद्वयमा मञ्जु भण्डारी र ठडेन्द्रकुमार श्रेष्ठलाई सपथ ग्रहण गराइएको हो ।

त्यस्तै महासचिवमा कुमार श्रेष्ठ, सचिवमा हेमलाल भट्ट र कोषाध्यक्षमा चन्द्रकला प्रधान निर्वाचित भएका थिए ।सङ्घको २५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको छ । सपथ ग्रहण कानूनी सल्लाहकार तथा निर्वाचन संयोजक अवइन्द्र निरौलाले गराएका थिए ।

कार्यक्रममा संस्थामा आबद्ध सेवानिवृत्त कर्मचारीहरू, राष्ट्रसेवक कर्मचारी सहभागी रहेका थिए । कार्यक्रमको सञ्चालन महासचिव कुमार श्रेष्ठले गरेका थिए ।