धनकुटा । सहिदभुमि गाउँपालिका वडा नं ३ मा एजेन्सी फर कम्युनिटी डेभलपमेण्ट चेन्ज सामुदायिक विकास तथा परिवर्तन केन्द्र नेपाल ९ब्ऋम्ऋ० को आयोजनामा कानुनी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
महिला दिदी बहिनीहरूलाई कानुनी कुराहरू सिकाउने उद्देश्यले आयोजना गरेको कार्यक्रम वडा नं ३ मा दुई दिनसम्म कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
सहिद भूमि गा।पा। वडा नं। ३ का वडाध्यक्ष होमनाथ राईको अध्यक्षतामा सञ्चालित सचेतना कार्यक्रममा वडा भित्रका ८० जना महिलाको सहभागिता थियो । सो कार्यक्रमको सहजीकरण पर्डेप नेपालका कार्यकारी निर्देशक मीन सुवेदी र हुसाडेक नेपालका खेम घिमिरेले गरेका थिए । कार्यक्रममा महिला हक अधिकार, महिला हिंसा,महिला मैत्री कानुन महिला सहभागिता,महिला हिंसा नियन्त्रणका लागि कानुनी व्यवस्था लगायतको बारेमा सहजीकरण गरेका थिए ।
सचेतना कार्यक्रम समापनको अवसरमा वोल्नु हुँदै सहिदभुमि गाउँपालिका अध्यक्ष मनोज राईले महिला विरुद्ध हुने विभिन्न हिंसा,अधिकार र कानुनी कुरामा सबै जानकार हुन आवाश्यक रहेको औँल्याए । उनले यस्ता कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राखेर अघि बढाउने बताए ।