देउराली ।  कोशी  प्रदेश नामकरण विरुद्ध पहिचानवादीहरूको आन्दोलनका क्रममा मृत्यु भएका पदम कुमा लिम्बु (लाजेहाङ)को शव अन्त्येष्टिका लागी गृहपालिका बेलबारी लगिने भएको छ । 

चैत ५ गते विराटनगरमा भएको प्रदर्शनका क्रममा घाइते भएका लाजेहाङको चैत १० गते धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान राष्ट्रिय मञ्चका केन्द्रीय भोलेन्टियर लाजेहाङ मृत्यु भयसँगै आन्दोलनरत पक्षले उनलाई सहिद घोषणा गर्नु पर्ने लगाइताका माग राख्दै शव बुझ्न नमानेपछि उनको शव प्रतिष्ठानको मर्चरीमा राखिएको थियो ।  

 संघिय सरकारले मृतक लाजेहाङ लाई सहिद घोषणा गरिसकेपछि  उनको शव अन्त्येष्टिको लागि गृहपालिका बेलबारी लगिने भएको छ । 

पोस्टमार्टमपछि परिवारले शव बुझेसँगै गृहपालिका बेलबारी लाने क्रममा धरान, इटहरी, विराटनगर लगायतका सहरहरूमा शवयात्रा तथा शोक मन्तव्य गरिने  संघिय लिम्बुवानका नेता अमर इजमले बताए ।