धरान ८ स्थित वनबाटिका मार्गको दक्षिण तर्फको प्रवेशद्वार निर्माण गर्ने श्रेष्ठ दम्पतीलाई सम्मान गरिएको छ । 

शनिबार गेटको उद्घाटन गर्दै गेट निर्माण गर्न आर्थिक सहयोग गर्ने स्थानीय रत्नबहादुर श्रेष्ठ र उनकी पत्नी गंगालक्ष्मी श्रेष्ठलाई वन बाटिका मार्ग उपभोक्ता  समितिले सम्मान गरेको हो । 

सम्मानका क्रममा समितिका सचिव लालबहादुर विश्वकर्माले गेट निर्माणका लागि श्रेष्ठ दम्पतीबाट लाख ३९ हजार ५ सय सहयोग भएको बताएका छन् । 

उनले गेट निर्माणका लागि सहयोग गर्ने समाजसेवी श्रेष्ठ दम्पतीलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको बताएका छन् । समानका लागी केही गरै भन्ने भावनाका साथ आर्थिक तथा सामाजिक परोपकार र विकासमा सहयोग गर्ने श्रेष्ठ दम्पतीको नाममा गेट निर्माण भएको स्थानलाई 'गंगालक्ष्मी चोक' भनी नामकरण समेत गरिएको समितिका अध्यक्ष सोनाम श्रेष्ठले बताए ।

धरान ८ नम्बर वडाका वडाध्यक्ष धनबहादुर राई को प्रमुख आतिथ्यमा सम्मान तथा गेटको उद्घाटन कार्यक्रममा  सभागृह टोल विकास संस्थाका अध्यक्ष खड्क बहादुर विश्वकर्माले गेट निर्माणमा सहयोग गर्ने श्रेष्ठ दम्पतीको विकासका निम्ति गरेको आर्थिक सहयोगको प्रशंसा गर्दै  उदाहरणीय कार्य भएको बताए । उनले आफ्नो टोलमा पनि यस्तै कार्य गर्न चाहिसहेको समेत इच्छा जाहेर गरे । 

कार्यक्रममा बेल्दै वडाध्यक्ष राईले विकासका कार्यमा गरिने यस्ता किसिमका सहयोगले  इतिहासमा समेत जीवित राख्ने बताए । 

कार्यक्रममा गेट निर्माणका लागि सहयोग गर्ने अन्य सहयोगीहरूलाई पनि सम्मान गरिएको थियो ।