धरान । स्पार्क फाइभ अस्पताल धरानले नवौं वार्षिकोत्सव भव्यरूपमा मनाएको छ ।
शनिबार वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । शिविरमा १ सय २० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको अस्पतालकी व्यवस्थापक मिला बस्नेतले जानकारी दिइन् ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष देवरत्न शाक्यको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि काठमाडौं स्पार्क हेल्थ होमका मेडिकल निर्देशक डा.सुनिलकुमार पौडेल रहेका थिए । शिविरमा पनि डा.पौडेल र डा.तारा भुजेलले बिरामीको परीक्षण गरेका थिए ।
शिविरमा हाडजोर्नी, नशा च्यापिएको, हड्डी खिइएको, बाथलगायतका बिरामीहरू सहभागी थिए ।