देउराली । धरान उपमहानगरपालिकाको ५ नम्बर वडामा भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण गर्न सुरु गरेको छ । ठुलो हिस्सा सुकुम्वासी, भूमिहीन बस्दै रहेको ५ नम्बर वडामा आइतबार ९आज०बाट निस्सा वितरण कार्यको थालनी गरिएको वडा सदस्य विजय राईले बताएका छन् ।
कोशी प्रदेश सभाका संसद् रमेशकुमार बस्नेतको प्रमुख अतित्थ्यतामा भूमि आयोग सुनसरीका अध्यक्ष भगिराज खत्वे लगायतकाले उपस्थितमा पहिलो दिन आज निसनडाँडा, कागुने, जरायल र देवीगाँउका स्थानीयलाई निस्सा वितरण गरिएको राईले बताएका छन् । उक्त क्षेत्रका करिब तीन सयको स्थनियमा आज वितरण हुने राईको भनाइ छ । उनले भने " आजबाट २० गते सम्ममा बाडी सक्ने भनेका छौँ । "
उनले ५ नम्बर वडामा ३९ सयमा बाँड्नु पर्ने भएकाले २० गते सम्ममा नसकिने बताए । उपमहानगरपालिकाको १३ नम्बर वडाबाट लालपुर्जाको निस्सा बाँड्न सुरु भएकोमा हाल धरानका अधिकांश वडाहरूले लगिसको र ५ र १६ मा वितरण भइरहेको राष्ट्रिय भूमि आयोगका इकाई प्रमुख वेद प्रसाद सापकोटाले बताए ।
सापकोटाका अनुसार धरान १३ स्थित राई टोल र ओशो पार्कमा नापीको कार्य थालनी गरिएको भए पनि विवादका कारण हाललाई रोकिएको छ । उनले उक्त जग्गा केही नगरपालिकाको तथा भिर भनेर देखिएकोले रोकिएको बताए । उनले भने " कहाँबाट नापी गर्ने भन्ने अन्योल देखिएको छ । किनभने बसोबास भइरहेको जग्गा कस्तो हो भन्ने खुल्न सकेको छैन । हामीले सबै वडालाई कस्तो जग्गामा बसोबास भइरहेका छ भन्ने यकिन गर्न भनेका छौँ , वहाँहरूले वहाँहरूले जति छिटो त्यो जग्गाको विवरण उपलब्ध गराउनु हुन्छ त्यसै अनुसार नापी हुन्छ । "