धरान । नेपाल मगर सङ्घ धरान नगर समितिले ‘मगर अक्खा लिपि प्रशिक्षण’ सञ्चालन गरेको छ ।

धरान उपमहानगरपालिकाको सहयोगमा सङ्घले आयोजना गरेको प्रशिक्षणको दुई समूहमध्ये समूह ‘क’ को एक साता लामो प्रशिक्षण शनिबार सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वडा नं. १ लक्षित प्रशिक्षणमा सात महिलासहित ८ प्रशिक्षार्थी सहभागी रहेका थिए । प्रशिक्षार्थीमध्ये रचना मगर उत्कृष्ट भएकी छन् ।

धरान–१ स्थित नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको सभाहलमा सम्पन्न कार्यक्रममा लीला राना मगरले सहभागीलाई प्रशिक्षण दिएकी थिइन् । समूह ‘ख’ अन्तर्गत वडा नं. ६ लक्षित प्रशिक्षण आज (आइतबार)बाट सुरु हुने बताइएको छ । धरान–६ स्थित सरस्वती मा. वि. मा हुने प्रशिक्षण वैशाख ३० गतेसम्म सञ्चालन हुने बताइएको छ ।