धरान । गृह श्रमिक महिलाहरूलाई ढाका कपडा बुनाइ तालिम दिइएको छ ।

गृह श्रमिक महिला ढाका लघुउद्यमी समाज नेपाल तथा सामुदायिक सुरक्षा जालोको आयोजना, टेवा थापाखेल काठमाडौं, घरेलु तथा साना उद्योग कार्यालय सुनसरी र धरान उपमहानगरपालिका १५ नं. वडा समितिको सहयोगमा तीन महिने ढाका कपडा बुनाइ तालिम दिइएको हो ।

तालिममा १८ जना गृह श्रमिक महिला सहभागी रहेको आयोजक समाजकी अध्यक्ष एवम् प्रशिक्षक प्रेमकुमारी राईले बताइन् । नमुना श्रुतिमार्ग टोल विकास संस्थाका अध्यक्ष डाकमान राईको प्रमुख आतिथ्य तथा साना उद्योग कार्यालयका प्रमुख हरिप्रसाद लामीछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ४ नं. वडाका अध्यक्ष धनबहादुर राई, महिला सञ्जालका सपना राई, सावित्री इवारम, बमधारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र दर्नाल, सुनौलो महिला विकास समाजकी विष्णुमाया श्रेष्ठलगायत अतिथि रहेका थिए । सो अवसरमा ४ जनालाई ढाका कपडा बुन्ने तानसमेत प्रदान गरिएको थियो ।