धरान उपमहानगरपालिका ४ नम्बर वडामा रहेको पूर्व वडाध्यक्ष रोशन अधिकारीकी कि श्रीमतीको नाममा रहेको जग्गामा उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले वृक्षारोपण गरेका छन् ।
शनिबार साम्पाङसहितको टोली पुगेर रोजिना अधिकारीको नाममा रहेको चार कट्ठा जग्गामा वृक्षारोपण गरेका हुन् । सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै साम्पाङले उक्त जग्गामा वृक्षारोपण गरेका थिए । तर, अधिकारीको जग्गासहित उक्त क्षेत्रको १२ बिघा जग्गा २०७२ सालमै सर्वोच्चले फुकुवा गरेको र फुकुवा गरेपछि नै आफूले खरिद गरेको अधिकारीले बताए ।
उनले पछि केही व्यक्तिले पुनः मुद्दा हालेको र उक्त मुद्दा सर्वोच्चमै विचाराधीन रहेको बताए । अधिकारीले भने ‘ जग्गा व्यक्तिको नाममा छ , मालपोत कार्यालयले धनिपुर्जा दिएको छ । हाम्रो पसिना माथि मेयरले ज्यादती गरे ।’
उनले सर्दु जलाधारको मुद्दा अदालतमा विचाराधीन भएकोले छिनोफानो नभएकाे अवस्थामा व्यक्तिको नाममा रहेको जग्गामा वृक्षारोपण गरेर नगरप्रमुख साम्पाङले अदालतको अवमूल्यन गरेको पनि बताए । अधिकारीले आफूहरूले त्यसो नगर्न भन्दा जबरजस्ती गरेको र श्रीमती रोजिनालाई नगरप्रमुख साम्पाङसँगै आएका केही व्यक्तिले हातपात गर्दै गाली बैज्यती समेत गरेको बताए ।
पर्यटन व्यवसायी अधिकारीले उक्त स्थानमा ०७२ साल देखी धरान स्काइ एडभेन्चर प्याराग्लाइडिङको नाममा प्याराग्लाइडिङ गराउनुका साथै होटल सञ्चालन गदै आएका छन् । उनको संञ्चालन गरेको होलट तथा प्याराग्लाइडिङ जलाधारको सर्दु पट्टी नभई सेउती पट्टी रहेको बताएका छन् ।
उनका अनुसार ७२ सालमा विराटनगरका हेमचन्द्र घिमिरेकी श्रीमतीको नाममा रहेको ४ कट्ठा जग्गा उनिहरूले खरिद गरेका थिए । उनकी श्रीमतीको नाममा दुई कट्ठा र एक–एक कट्ठाका कित्ता गरी ४ कित्तामा रहेको जग्गामा १५ धुर भने विक्री गरेको अधिकारीले बताएका छन् ।
नगर प्रमुख साम्पाङले धनिपुर्जासहितको व्याक्तिकाे नामा रहेकाे जग्गामा वृक्षारोपण गरेसँगै आफू अदालत जानुको विकल्प नरहेको अधिकारीले बताए । उनले नगरप्रमुख साम्पाङको उक्त क्रियाकलाप पर्यटन व्यावसाथी माथिको आक्रमण भएको बताए ।
अधिकारी धरान १ का पूर्व वडाध्यक्ष हुन् ।
यता, नगर प्रमुख साम्पाङले भने, बिरूवा राेपाेकाे उखेले डाेजर लगाउने र जनता उठाएर जाइलाग्ने भन्दै फेसबुकमा धम्कीपूर्ण भाषामा अविव्यक्ती दिएका छन् ।