धरान । साँगुरी धारापानी समाज सुनसरीको नयाँ कार्य समिति चयन भएको छ ।

शुक्रबार धरान–१२ चतरालाइनस्थित कार्यालयमा सम्पन्न चौथो स्थापना दिवस तथा १३ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः गणेशकुमारी लिम्बू राई चयन भएकी छन् । 

समितिको उपाध्यक्षमा इन्द्रकुमारी राई, सचिवमा सन्तोष राई, सह–सचिवमा शोभा लिम्बू र कोषाध्यक्षमा रोमा राई चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सुनिता राई, शान्ति राई, सुजिना राई, सविन राई चयन भएका छन् ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरू चन्द्रकुमारी राई र गोमा राईलाई सम्मान गरिएको थियो । त्यसैगरी त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा विद्यावारिधि गरेका महेन्द्र बहुमुखी क्याम्पस धरानका उप–प्राध्यापक डा.जीवनकुमार राईलाई पनि बधाई ज्ञापन गर्दै सम्मान प्रदान गरिएको थियो । 

कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजकी संस्थापक अध्यक्ष नेत्रकुमारी राई, कानूनी सल्लाहकार दर्शन राईलगायतले सम्बोधन गरेका थिए ।