चतराधाममा पुरुषोत्तम महिनाको अवसरमा प्रथम जगदगुरु पिठले 'पुरुषोत्तम मास महिमा' विशेष प्रवचन आयोजना गरेको छ। जगदगुरु बालसन्तले आफैं प्रवचन सुनाउँदैछ्न् ।
आइतबार विशेष भीडभाड हुने चतराधाममा आज शनिबार घुइँचो देखिएको छ ।

विराटनगरबाट चतराधामका लागि ८ वटा बस रिजर्भ आए । इनरुवा, झुम्का र इटहरीबाट समेत रिजर्भ आएका भक्तजनहरुले बिहानै सप्तकोशीमा नुहाइधुवाइ गरे ।
सर्लाहीबाट आएका भक्तजन कोसी नदीमा नुहाइधुवाइ गरिरहेको भेटिए ।

Chatara bolbam

विराटनगरबाट काँकडभिट्टा चल्ने न्यु गुराँस यातायातका चालक नवराज खत्रीले एक हजार जति मान्छे आएको बताए । उनीहरुको टोली चतराधामको दर्शन गर्दै रामधुनी हुँदै इटहरी  गौशाला जाने बताए । त्यस्तै विराटनगर धरान चल्ने सुपर गुरासका चालक  सोम भुजेल विराट नगरबाट धरानको पिण्डेश्वरका लागि तीर्थालुहरु लिएर आएको बताए । 

Chatara bolbam

साउन महिनाको हरेक आइतबार चतराधाममा घुइँचो लाग्ने गरेको छ बोलबम धर्मावलम्वीको । भक्तालुहरु आइतबार चतराधाम आइपुगेर नुहाइधुवाइ गरी यहाँका मठमन्दिरहरुको दर्शन गर्छन् । मध्यरातसम्म भजन कीर्तन र भगवान महिमा गर्छन् र सोमबार बिहान सप्तकोसी नदीको पूजा अर्चना गर्दै जल लिई धरान विजयपुरस्थित रुद्राक्ष्यरण्य महादेवलाई अर्पण गर्छन । पैदल यात्रा गर्दै सप्तकोसीको जल पिण्डेश्वरमा अर्पण गरे मनोवाञ्छित फल प्राप्त हुने विश्वास रहिआएको छ । 

Jagadguru pitha chataradham

bolbam chatara