सम्झौता सकिएपश्चात पनि अवैध रुपमा वन क्षेत्रमा संचालित अस्फाल्ट प्लान्ट हटाउन नियामक निकाय उदासिन देखिएको छ । निर्माण कम्पनीले समेत नियामक निकायलाई अटेर गरी रातको समयमा समेत प्लान्ट संचालन गरेको पाइएको छ ।

वन कार्यालयले एक हप्ताभित्र अलकत्र पकाउने प्लान्ट उठाइ सम्झौताअनुसार वृक्षरोपण गर्न दिएको निर्देशनसमेत अटेर गरी रौताहा कन्ट्रक्सन प्रा.लि. उदयपुरले रातभरि प्लान्ट सन्चालनमा ल्याएको छ ।

सम्झौता सकिएपछि पनि वन तथा सार्वजनिक क्षेत्रमा रौताहा कन्स्ट्रक्सन नामक निर्माण कम्पनीले नियमविपरीत अलकत्र पकाउने प्लान्ट (अस्फाल्ट प्लान्ट) सञ्चालन गरेको गुनासो आएपछि तरहरा सव डिभिजन वन कार्यालयले गत साउन १५ गते ७ दिनभित्र प्लान्ट उठाउन पत्राचार गरेको थियो । पत्रअनुसार रौताहा कन्स्ट्रक्सन प्रालिले सेउती पुलदेखि धरान तीनकुनेसम्म ४ किलोमिटर पक्की सडक निर्माण गरेको र ठेक्का सम्पन्न भइसक्दासमेत सम्झौता अनुसार प्लान्ट नउठाएको र क्षति पुगेको वन क्षेत्रमा वृक्षरोपण नगरेको आरोप छ ।

तरहरा सव डिभिजन वन कार्यालय र रानी विराटनगर धरान सडक आयोजनाद्वारा धरानसम्म ४ किलोमिटर पक्कीसडक निर्माण कार्य गर्न सडक विभाग (सिक्सलेन) इटहरीद्वारा प्रदत्त ठेक्काको ठेकेदार रौताहा कन्ट्रक्सन प्रा.लि. उदयपुरका कन्ट्याक मेनेजर रन्जन चौधरीसँग सम्झौताबमोजिम २०८० साल असार मसान्तसम्मको लागि उक्त सेउती पुल छेउको सडक किनारमा अस्थायी रूपमा प्लान्ट स्थापना गर्ने सम्झौता भएको थियो । 
सव-डिभिजन वन कार्यालयले गतअसार मसान्तमै सम्झौता समाप्त भएको जानकारी गराई  ७ दिन मित्र प्लान्ट उठाई सम्झौता अनुसारको वृक्षरोपण गर्न अनुरोध गरेको थियो ।

asfalt plant

वन कार्यालयले सोको जानकारी रानी विराटनगर धरान सडक योजना शाखा कार्यालय इटहरी, डिभिजन वन कार्यालय सुनसरीलाई गराएको थियो । तर प्लान्ट भने हाल रातको समयमा पनि सन्चालनमा आएको छ ।
प्लान्ट संचालनका सम्बन्धमा जानकारी लिदा तरहरा सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दिनेशप्रसाद यादवले प्लान्ट बन्द नगरी सन्चालन गरेको पाइए कारबाही गर्ने बताए । डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख धर्मनाथ यादवले पत्रको अवज्ञा गरेको पाइए । प्लान्ट नियन्त्रणमा लिई मुद्दा चलाउने बताए । 'गुनासो आएपछि म आफै दुई पटक त्यहाँ पुगेको छु, हामीले प्लान्ट बन्द गरी उठाएर लान भनेका छौं ।' डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख यादवले भने । 

Asphalt Plant Dharan Seuti

यस अघि असफाल्ट प्लान्ट हटाउन अटेर गरेपछि जनप्रतिनिधिले प्लान्टमा ताला लगाइदिएका थिए । ताला लगाइदिएपछि चाबी धरान नगरप्रमुख हर्क साम्पाङलाई हस्तान्तरण गरिएको थियो । तर निर्माण कम्पनीले जनप्रतिनिधिलाई समेत अटेर गरेको पाइएको छ ।
(समाचारको लिङ्क हेर्नुस्)

 https://www.blastkhabar.com/news/2023/08/06/140514.html