जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा २४ घण्टे निषेधादेश जारी गरेपछि धरानको मुख्य बजार सुनसान देखिएको छ ।
![Curfue dharan2](https://blastkhabar.com/uploads/2023/08/curfue-dharan2.jpg)
सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली भेलाजम्मा प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु गर्न नपाइने प्रशासनले आदेश जारी गरेको छ ।
![Curfue dharan3](https://blastkhabar.com/uploads/2023/08/curfue-dharan3.jpg)
धरान उपमहानगरपालिका क्षेत्र धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम गए राति १२ बजेदेखि आज राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सबै आयोजनाका लागि निषेधादेश जारी भएको छ ।
धरान प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको छ ।