कोशी प्रदेश फुटबल संघले रेफ्रीहरुको बेसिक कोर्स प्रशिक्षण सुरु गरेको छ । एन्फा टेक्निकल सेन्टर धरानमा औपचारिक कार्यक्रम गर्दै संघले रेफ्री कोर्स (क्याटेगोरी-४) २०२३ अन्तर्गत सात दिने प्रशिक्षणको घोषणा गरेको हो ।

आज औपचारिक कार्यक्रम रहने र एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रशिक्षण दुई चरणमा हुनेछ । पहिलो चरणमा आजदेखि ९ गतेसम्म ५२ जना प्रशिक्षार्थी  सहभागी हुनेछन् । आगामी असोज ११ देखि १७ गतेसम्म हुने दोस्रो चरणको प्रशिक्षणमासमेत ५२ प्रशिक्षार्थी सहभागी हुनेछन् ।

Refree training dharan Anfa

प्रशिक्षणलाई एन्फा स्ट्रक्टर श्रीराम रन्जितकार, डा शैलेश जोशी, रोजेन श्रेष्ठ र मधुसुदन खनालले सहजीकरण गर्ने छन् ।

रेफ्री संघलाई आर्थिक सहयोग

यसैबीच जिल्ला रेफ्री संघलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

हाल युके निवासी राजु लिम्बू, अन्जनकुमार गुरुङ र  धरान समाजका युकेका पूर्व खेलकुद विभाग प्रमुखसमेत रहेका निर्मल गुरुङलगायतबाट सङ्कलित ४० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको हो ।

20230920_101217

रकम जिल्ला रेफ्री संघका अध्यक्ष बलिदान राईलाई  हस्तान्तरण गरिएको छ ।

कार्यक्रम कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईको सभाध्यक्षतामा महासचिव भगिरथ आलेले सन्चालन गरेका थिए । 

20230920_103646