राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा १ सय २९ को उपधारा २० बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा ६जना न्यायाधीशलाई नियुक्त गरेका छन्।
सर्वोच्चमा नियुक्त हुनुभएका न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन्।
नवनियुक्त न्यायाधीहरूमध्ये सुवेदी, मुलसमान, शर्मा र ढुङ्गाना उच्च अदालतमा कार्यरत रहेका छन् । भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता रहेका छन्। यसअघि आजै संसदीय सुनुवाइ समितिले उनिहरुको नाम अनुमोदन गरेको थियो ।