सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण जरुरी रहेको बताएका छन् । डिजिटल इकोसिस्टम’ निर्माणका लागि सरकारले नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नतिर लागेको उनले जानकारी दिए ।
लिभिङ विथ आइसिटी’ ले आज आयोजना गरेको‘ (आइसिटी अवार्ड) को आठौँ संस्करणलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता शर्माले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा सरकारले लिएको स्पष्ट पारेका छन् ।
जनताका दैनिक आधारभूत आवश्यकतालाई सहज र सरल बनाउनेदेखि संसारसँग प्रतिस्पर्धा गरेर डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण आधार हो भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन् “हामीले अन्य उद्योगधन्दा खोल्यौँ भने आजको आजै विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ तर सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा निर्यात गरेर हामीले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने विगत केही वर्षयताका अनुभवबाट पुष्टि भइसकेको छ । यसलाई अझै बढाउँदै सूचना प्रविधिलाई डिजिटल अर्थतन्त्र निर्माणको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्छ ।
अब यस क्षेत्रमा सामान्य सुधार होइन ‘डिपार्चर’ नै गर्नुपर्छ भन्ने मान्यता सरकार रहेको छ।”यही वर्ष पहिलोपटक साइबर सुरक्षा नीति, २०८० पारित गरेर त्यसलाई कार्यान्वयन गर्न साइबर कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढाएको मन्त्री शर्माले जानकारी दिईन। सूचना प्रविधि, दूरसञ्चार, सामाजिक सञ्जालको व्यवस्थापन लगायत अन्य कानुन पनि जतिसक्दो चाँडो निर्माण गरेर आफूहरू सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा आमूल परिवर्तन गर्ने पक्षमा रहेको मन्त्री शर्माले बताईन् ।
डिजिटल नेपाल फ्रेमवर्क २०७६ सालमा स्वीकृत भएर पनि यसले आशातित गति लिन नसकेकाले यसमा पुनरावलोकन गरेर अघि बढ्नपर्छ भनेर सोहीअनुसार पहल थालेको पनि उनले जानकारी दिएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल पूर्वाधारको क्षेत्रमा गम्भीरताका साथ काम अघि बढाएको जानकारी दिँदै मन्त्री शर्माले यसरी नै यसका अन्य पहलहरू कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारलाई पनि सम्बन्धित निकायले अघि बढाउन सके डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनले गति लिने छ विश्वास व्यक्त गरिन।
सूचना प्रविधि क्षेत्रका(स्टार्टअप) लाई प्रोत्साहन गर्न सरकारले आइसिटी एक्जिविसन र डिजिटल च्याम्पियनजस्ता कार्यक्रम राख्ने तयारी गरेको जानकारी दिँदै मन्त्री शर्माले देशैभरिका स्टार्टअपहरूको प्रतिस्पर्धा गराउने र उत्कृष्ट हुनेहरूलाई कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारजस्ता डिजिटल फ्रेमवर्कका विभिन्न पहलहरूमा नवप्रवर्तनका काम गर्न लगाउने गरी तयारी थालेको बताएका छन् ।युवालाई देशिभत्रै बस्न र रोजगारी दिन सहज हुनेगरी सातै प्रदेशमा (डिजिटल स्किल) का कार्यक्रम पनि राख्ने तयारी गरिएको मन्त्री शर्माले जानकारी दिएकी छन्।