नेकपा एमाले सुनसरीका नवनिर्वाचित अध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका संस्थापक नगरप्रमुख निलम खनालको निधन भएको छ ।
नियमित उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बिहीबार बिहान २ बजे राति तेलङ्गना राज्यको कागजनगर पुग्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी विगत लामाे समयदेखि प्याङक्रियाज र जण्डिस रोगबाट पीडित थिए ।
खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । उपचाररत उनलाई बिरामले च्यापेपछि थप उपचारका लागि हैदराबाद लगिएको थियो ।
खनालका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । वराहक्षेत्र नगरको संस्थापक मेयरको निधनको खबरले सिङ्गो वराहक्षेत्र नगर शोकमा डुबेको छ ।