धरान/नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनाल मृत्यु भएको छ।
सुनसरी जिल्ला आठौं अधिवेशनबाट अध्यक्ष पदमा जेठको पहिलो साता मात्रै निर्वाचित भएका खनाल प्याँक्रियाजको रोगका कारण लामो समय देखि विरामी रहेका खनाललाई थप उपचारको लागि भारतको हैदरावाद जाने क्रममा बाटोमा नै निधन भएको जानकारी छ।
खनाल वराक्षेत्र नगरपालिका निवर्तमान नगर प्रमुख समेत रहेका थिए। उनी नेकपा ऐमाले सुनसरी जिल्लाको अध्यक्ष भएपछि एकपटक जिल्ला वैठक बसेका थिए।
खनालले कार्यवाहक दिएर उपचारको लागि भारत गएका थिए। मृतक खनाललाई आज नै नेपाल ल्याउने तयारी रहेको परिवारले जनाएको छ।