धरान/धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि गएकी संजिता धमला माथि आक्रमण भएको छ।

मेयर हर्क साम्पाङ राईका सहयोगी श्रमदाता महिलाहरुको समुहले आज करिब १ बजे प्रतिष्ठानको एक्स -रे विभाग उपचार गर्ने लाईन बसिरहेको मौका छोपेर उनलाई आक्रमण गर्ने प्रयास गरेका थिए।

धमलाले उक्त महिलाहरुको भिड देखेपछि एक्स -रे गर्ने रुम भित्र छिरे ज्यान जोगाएकी  हुन।  
आक्रमण गर्ने महिलाहरुलाई ईलाका प्रहरी कार्यााल धरानले प्रकाउ गरेको छ। प्रकाउ पर्नेमा मुना राई,प्रमिला राई र मुना वि.क लगायत अन्य महिलाहरु रहेका छन्।