मोरङ/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज सेवामा युवाको भूमिका महत्वपूर्ण हुने बताए।

लायन्स क्लब विराटनगर सेन्टरको आज यहाँ आयोजित २९औँ पदस्थापना समारोहमा मुख्यमन्त्री कार्कीले युवाको माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वास र कुरीति प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। मुख्यमन्त्री कार्कीले भने, “राष्ट्रिय हित, सार्वभौम नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लबले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप सफलता मिलोस्।

” उनले मुलुकमा लागुपदार्थ दुव्र्यसनमा युवापुस्ता फस्दै चिन्ता व्यक्त गरेे यसबाट उनीहरुलाई मुक्त गर्न क्लबले थप सक्रियता दिनुपर्नेमा उनले आग्रह गरेेेका छन्।

मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

उनले हरेक मानिसले आफ्नो, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनुपर्छ भन्ने दायित्व बुझाउनु आवश्यक रहेको विचार राखे कार्यक्रममा सन् २०२४–२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो।

सेन्टरले विगत २९ वर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरिबलाई न्यानो कपडा वितरण तथा बाढीपीडितलाई सहयोग उपलब्ध गराउदै आएको छ।