धरान /मोरङ सुन्दरहरै्ंचा नगरपालिका  वडा नम्बर ७ कि संङ्गगीता चौधरी २४ बर्षदेखि  सुनसरीको धरान बजारमा ल्याई केरा बिक्री गर्दै आएकी छन्।

२०५७ सालदेखि नियमित केरा लिएर धरान आउँछिन्। गाउँभरिका केरा सङकलन गर्र धरानको भानुचोकमा व्यापार गर्छिन्। उनले भनिन् "यहाँ केरा बेच्न थालेको थुप्रै बर्ष भईसक्यो।

उताबाट केरा सङकलन गरेर ल्याउँछु अनि यहाँ बेच्छु।,उनका अनुसार  गाउँमा अन्यले तरकारी बेचेको देखेर व्यापार सुरु गरेकी हुन्।

सुरुमा मोरङको बेलबारी हटियामा केरा बेच्न थालेको थिएँ, उनले भनिन् धेरै साथीहरू एता त्तएको देखेर म पनि आउन चालेकीथिएँ।,केरा व्यापारबाट राम्रो आम्दानी हुने गरेको उनी सुनाउँछिन्।

उनी जस्तै ५७ बर्षीय राधा  खातुन पनि बेलबारीदेखि केरा बेच्नका लागि धरान आउँछिन्। यस्तै सुन्दरहरैंचाबाट  नैना चौधरी ,तुलशी चौधरी ,रिता चौधरी  पनि नियमित केरा बेच्नका लागि धरान आईपुग्छन,।

सिजनमा त केराको माग ह्ववातै बढ्ने भएकाले पनि यहाँ बिक्री राम्रो हुने गरेको  उनीहरूको भनाइ छ। 'अरु सिजनभन्दा गर्मी सिजनमा केराको माग धेरै हुन्छ खातुन भन्छिन् ।´चैतदेखि मङ्सिर सम्म राम्रो ब्यापार हुन्छ।`केरा ब्यापारबाट राम्रै आम्दानी हुने गरेको उनी सुनाउँछिन्।

त्यसो  त,केरा अन्य समयमा पनि पाईने गर्छ। गाउँघरतिर केराको व्यापार खासै नहुने भएकाले पनि यतातिर आउने गरेको उनको भनाइ छ। बेलबारीभन्दा धरानमा बाक्लो बस्ती भएकाले र यहाँ हस्पिटल पनि नजिकै भएकाले पनि राम्रो ब्यापार हुने धरानका  धेरै जसो फलफूल पसलले समेत  उनिहरुबाट नै केरा खरिद गरेर बेच्न लाने गरेको  उनिहरुले बताउँछन् ।

IMG_20240904_144634

गोठगाउँ,सुन्दरहरैंचातिरको खेतिबाट केरा सङकलन गरेर धरान ल्याउने गरेका छन्। उनिहरुले ढाकी र क्यारेटमा फिँजाएर केरा बेच्ने गरेका छन्। संगिता भन्छिन् , खेतिबाट ६ रुपैयाँ कोसा ल्याएर एक रुपैयाँ नाफा राखेर बेच्ने गरेको छु। उनले केरा बेचेर श्रीमान् लाई घरपरिवार चलाउन सहयोग गर्ने र घरमा खर्च जुटाउने गरेको बताउँछिन् ।

अर्की व्यापारी तुलशी चौधरी भन्छिन् । गाउँमा राम्रो बिक्री हुदैनन् ।त्यही भएर ४ बजे उढेर यहाँ ल्याई बिक्री गरेका छौँ । उनी विगत २५ बर्ष देखि धरानमा केरा बेच्दै आएकी छन्। दैनिकी एक हजार देखि १५ सय कोसा सम्म केरा लिएर आउने गरेको उनले सुनाउँछिन्। 

एक हजारको लगानी लगेेको बाट सबै गाडी भाडा कटाएर दैनिकी ५ सय नाफा हुन्छ । दुई हजार कोसा बेच्न सके एक हजार नाफा हुने गरेको बताउँछिन् ।

रिता चौधरीले भने केरा व्यापार सुरु गरेको दुई बर्ष मात्रै हुदै छ उनी सिक्ने क्रममा नै छिन् तर पनि उनको अनुभव अनुसार खट्न सके मेहनत गर्ने सके विहान ४-५ घन्टा खटेर पनि राम्रो  व्यापार हुने बताउँछिन् ।  उनिहरु बिहानको ५ देखि ९बजे सम्म मात्रै भानुचोकमा व्यापार गर्छन् ।

यो व्यापार गरेर उनिहरुले दिउँसो आफ्नो घरपरिवार र छोराछोरी र घरको काम समेत समाल्न सकिने भएकाले यो व्यापारबाट खुशि नै रहेको बताउँछिन् । उनका श्रीमान्  वैदेशिक रोजगारीमा छन् । अहिले घरखर्च आफै जुटाउने गरेको उनी सुनाउँछिन्।

श्रीमान् ले कहिले  पैसा पढाउला भनेर कुर्नु पर्दैन ,घरखर्च र नानीहरूको लागिखाजा खाने पैसा  आफैं जुटाउने गरेको छु। उनले भनिन् ।व्यापार गर्ने सके दुईचार पैसा टुट्दैन र कसै संग भर पर्नु नपर्ने उनको अनुभव  रहेको बताउँछिन् ।