prabesh 2सिडनी, अष्ट्रेलिया (ब्लाष्ट) समुदायमा राम्रो योगदान पु¥याएवापत अष्ट्रेलियाकी सांसद तथा उपसभामुख स्यारोन क्लेडनले नेपाली युवा प्रवेश पौडेललाई ‘न्यु क्याससल भोलेन्टियर अवार्ड २०२४’ ले मंगलबार आयोजित कार्यक्रममा सम्मानित गरेकी छिन । 

सन २०१७ मा उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया आईपुगेका पौडेलले यहा“बाट एकाउटिंग र विजिनेस एडमिनिष्ट्रेशन गरी दुई विषयमा स्नाकोत्तर उत्तीर्ण गरेका छन् ।

लामो समय बैंकि¨, एकाउन्टि¨को अनुभव हासिल गरेका उनी हाल लोन अधिकृतको रुपमा कार्यरत छन् । 

इटहरी उपमहानगरपालिका वडा नं. ३ स्थायी घर भएका पौडेल नेप्लिज कम्युनिटी अफ न्यु क्यासलका संस्थापक र हाल युवा तथा आप्रवासीको क्षेत्रमा स्वयमसेवकको रुपमा काम गर्ने संस्था हण्टर मल्टिकल्चरल कम्युनिटीमा २ वर्षदेखि आवद्ध छन् ।

अष्ट्रेलिया यो अवार्डलाई उच्च सम्मानको रुपमा हेर्ने गरेको बताउ“दै पौडलले यो पदकले नेपाली समुदायका लागि गौरवको विषय बनेको ब्लाष्टलाई बताए । उपसभामुखको बाहुलीबाट यो पदक प्राप्त गर्ने सम्भवत उनी पहिलो नेपाली हुन् । उनी भन्छन् ‘ आफूले कुनै पनि फलको आशा नगरी समाजमा लागेको तर यो अवार्डले समाजमा अझ थप राम्रो काम गर्न उर्जा मिलेको ब्लाष्टस“गको कुराकानीका क्रममा उल्लेख गरे ।