वराहक्षेत्र । सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प चतराले वराहक्षेत्र नगरपालिका–१ पटनालीबाट ९७ केजी गाँजा बरामद गरेको छ ।

आइतबार राति साढे १० बजे विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बलले पटनाली खोलाको पुलपारिबाट छवटा जेब्रा झोलामा प्याक गरी ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रहरी देख्नासाथ तस्करहरू भागेको हुनाले उनीहरूलाई पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प चतराका इन्स्पेक्टर सुदेश राईलाई उद्धृत गर्दै डिएसपी तिमल्सिनाले जानकारी दिए ।