धरान । सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङ नेपालले युवा सशक्तीकरण अभियानअन्तर्गत कृत्रिम बौद्धिकता (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरेको छ ।
त्यस्तै ६० विद्यार्थीहरूलाई कोडिङ र प्रोग्रामिङ कोर्षका लागि स्वागत गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा विद्यार्थीहरूलाई स्वागत र प्रमाण पत्र वितरण गरिएको हो । डिजिटल ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले एआईसम्बन्धी कोर्ष दिएको हो ।
सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के.सी र डिन प्रा डा सुशील बी बज्राचार्यलगायत उपस्थित थिए ।
पाठ्यक्रमले एआई, आईओटि, बिग डाटा, र कोडिङमा उन्नत प्राविधिक प्रशिक्षण गर्नुको साथै समस्या समाधान र रचनात्मकता जस्ता आवश्यक सफ्ट–स्किलहरूलाई पनि जोड दिने गरेको छ । नयाँ ब्याचका लागि डिजाइन गरिएको कोडिङ र प्रोग्रामिङ पाठ्यक्रमले विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र वास्तविक संसारको प्रोग्रामिङमा आधारभूत र उन्नत ज्ञान प्रदान गर्ने जनाएको छ ।