धरान । सुनसरीको धरान–१७ विष्णुपादुका जाने सर्दू पुलस्थित भित्री सडक–खण्डबाट प्रहरीले गाँजासहित कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषधको ओसार–पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बा.९ च १७६८ नम्बरको क्रिम कलरको कार फेला पारेको थियो ।

उक्त कार चेकजाँच गर्दा एक सय एक केजी गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले जानकारी दिए । चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार बिहान मात्रै सेउती पुलबाट प्रहरीले चार सय १० केजी गाँजासहित सवारी नियन्त्रणमा लिएको थियो ।