धरान । सुनसरीको धरान उपमहानगरपालिका–१६ पुलचोकमा लागूऔषध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार दिउँसोतिर सोही स्थानका २० वर्षीय निशान तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी चौकी जोरसखुवाबाट प्रहरी हवल्दार हेमराज सुवेदीको नेतृत्वमा खटिएको टोलीले आरोपित निशानको कोठाबाट लागूऔषध एकसय ८२ क्याप्सुल तथा प्रतिबन्धित औषधि एकसय ८२ चक्की बरामद गर्न सफल भएको छ । उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार नै सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा बागमती प्रदेश ०१–००६ ख ७१७६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्दा भारतीय मख्खन एक केजी दरका २० प्याकेट, र २० हजार रुपैयाँ बराबरको अमरु (बेल्चन्डा) बरामद गरिएको छ ।