धरान । झुटो अफवाह फैलाएको आरोपमा धरान–१७ की सिर्जना बेघालाई धरान–१३ बाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता इन्स्पेक्टर दिनेश अधिकारीका अनुसार धरान उपमहानगरपालिका–१३ बाट उनलाई पक्राउ गरिएको हो ।
उनले फोनसम्पर्कमा भने, ‘सामाजिक सञ्जालमा शान्ति सद्भाव भड्काउने किसिमको झुटो अफवाह फैलाएकोले पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धरानका टोलीले उनलाई बुधबार बिहान ६ बजेतिर अमरहाटबाट पक्राउ गरेको थियो । इन्स्पेक्टर अधिकारले सामाजिक सञ्जालमा अफवाह फैलाएको र धरानको शान्ति सुव्यवस्था भड्काउने किसिमको कार्य गरेकाले पक्राउ गरिएको हो ।
उनलाई यसअघि पनि पक्राउ गरिएको थियो । उनलाई यसअघि सञ्चारकर्मी सञ्जिता धमलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै आक्रमण गरेको आरोपमा पनि पक्राउ परेकी थिइन् ।
यस्तै गत साउनमा धरान–११ स्थित मङ्गलबारेमा गोरु
काटेर भोज खुवाएको भिडियो हालेर शान्ति सद्भाव भड्काएको आरोप लागेको थियो ।
उनी विगतमा पटक–पटक पक्राउ पर्दै आएकी महिला हुन् । उनीमाथि झुटो
अफवाहविरुद्धको कसूरमा कारबाही अगाडि बढाइएको इन्स्पेक्टर अधिकारीले
जानकारी दिए ।