धनकुटा (ब्लाष्ट) धनकुटामा अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी कसूरमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउँपालिका–३ गढीगाउँका १९ वर्षीय सनिश याक्खा र मोरङको उर्लाबारी नगरपालिका–५ सूर्यचोकका १९ वर्षीय प्रतीक विक रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

शनिबार बिहान करिब ४ बजे एकजना स्थानीय र एक जना उर्लाबारी मोरङ ठेगाना भएका गरी जम्मा दुई जना १४–१४ वर्षीया नाबालिकाहरूलाई ललाईफकाई गरी भगाएर ल्याई याक्खाको घरमा विगत ३ दिनदेखि राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरी टोलीद्वारा दुवैलाई पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । 

दुवै बालिकाको उद्धार गरिएको र निज दुवै व्यक्तिमाथि अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी कसूरमा जाहेरी लिई अनुसन्धान भैरहेको साथै जिल्ला अदालत मोरङबाट २०८१ जेठ ९ गतेको फैसला आदेशअनुसार याक्खाको ८ वर्ष ६ दिन र विकको ६ वर्ष २ महिना ६ दिन कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेकोमा हाल पक्राउ परेको डिएसपी खनालले बताए ।