धरान । सुनसरीको धरानमा रहेको हाम्रो मोबाइल सङ्घको दोस्रो अधिवेशनबाट पुनः जीवन शाक्य अध्यक्षमा सर्वसहमत चयन भएका छन् ।
शनिबार धरानको हरियालीमा सम्पन्न दोस्र्रो अधिवेशनले उपाध्यक्षमा विमला खतिवडा, सचिवमा सविन लम्साल, कोषाध्यक्षमा सचिन पोखरेल र सहसचिवमा सुरेन्द्र दाहाल छन् । यस्तै सदस्यहरूमा बुद्धराज लिम्बू, सन्नी गुप्ता, लुसन मल्ल, मीनकुमार राई, सहिद अनवर, मनिषा राजधामी, आशिषराज यादव रहेका छन् ।
सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, अधिवक्ता रविन्द्रकुमार भगतलगायतको उपस्थिति रहेको थियो ।
सभाले सचिव सविन लम्सालले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सचिन पोख्रेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन सर्वसहमतले पारित गरिएको थियो ।