धरान । सुनसरीको धरान उपमहानगरपालिका–१९ का ४३ वर्षीय मिलन थापा मगरमाथि खुकुरी प्रहार भएको छ । 

स्थानीय ५९ वर्षीय हिरालाल विश्वकर्मा र निजकै २५ वर्षीय छोरा हस्तबहादुर विश्वकर्माले मादक पदार्थ सेवन गरी थापामाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शनिबार राति ८ बजेतिर हिरालालले मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । 

उनलाई तत्कालै इलाका प्रहरी कार्यालय धरानका असइ निलम चौधरीको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको छ भने घाइते मिलनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उनको बायाँ गाला र टाउको काटिएको प्रहरीले जनाएको छ भने धारिलो हतियार प्रहार गर्ने हिरालाल र उनको छोरा हस्तबहादुरलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।