धरान । झापाको मेचीनगर नगरपालिका वडा नं. ६ कालीखोलास्थित भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय कार अवधै सामानसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार विभागले शुक्रबार दिउँसो चेकजाँच गर्दा, डब्ल्यु बी ७४ एस २१२५ नम्बरको कारको सिट मुनि फल्स बटम बनाई अवैधरूपमा मोबिल र मोटर पाटर््सहरू लुकाएर नेपालतर्फ ल्याइरहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले भारतको बङ्गाल राज्यस्थित दार्जिलिङ खोरोबारीका ३४ वर्षीय अमित सिंहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उक्त कारमा एक लाख १५ हजार ५ सय ८२ रुपैयाँ बराबरको सामान रहेको उनले बताए ।
कार र सामानको समग्र मूल्य ९ लाख १५ हजार ५ सय ८२ रुपैयाँ कायम गरी थप कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ । उक्त सामान र कारबारे भन्सार कार्यालयले थप अनुसन्धान सुरु गरेको बताएको छ ।