धनकुटा । लिम्बू पत्रकार सङ्घको तेस्रो सङ्घीय महाधिवेशनले सन्देश सुब्बालाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । 

महाधिवेशनको बन्दसत्रले उपाध्यक्षमा सचितानन्द लिम्बू, महिला उपाध्यक्ष सुजता लिम्बू र महासचिवमा जीवन लिम्बूलाई सर्वसम्मत चयन गरेको छ । सचिवमा ज्ञानु केदेम, सम्पदा लिम्बू र कोषाध्यक्ष दिलकुमार फोम्बोलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष सन्देश सुब्बाले बताए ।

यसै गरी सदस्यहरूमा बिना लिम्बू, मौसमी लिम्बू, धनबहादुर लिम्बू, सिंहबहादुर लिम्बूलगायत गरी १७ सदस्यीय समिति चयन गरेको हो । नवानिर्वाचित पदाधिकारीलाई लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु मावोहाङ, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश महासचिव हिमा चेम्जोङ, फोनिजका प्रदेशका अध्यक्ष विजयबोध लावतीलगायतले बधाई ज्ञापन गरे ।