भद्रपुर । केही दिनयता  रेविज लागेको कुकुरको टोकाईबाट झापा कचनकवलमा १३ जना घाइते भएका छन् । घाइते हुनेमा आठ पुरुष र पाँचजना महिला रहेका छन् ।

बहुला कुकुर सोमबार साँझसम्म पनि फेला नपरेको पालिका स्वास्थ्य प्रमुख जागेश्वर यादवले बताए । प्रहरी, स्थानीय लगायतले खोजी कार्य जारी राखेपनि फेला नपरेको उनको भनाइ छ । वडा नम्बर ६ र ७ का ४ देखि ५२ वर्षसम्मका स्थानीयलाइ टोकेर घाइते बनाएको उनले जानकारी दिए । 

घाइतेहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा रेविजविरुद्धको खोप लगाइएको उनले जनाए । कुकुर फेला नपरेका कारण गाउँ नै त्रसिद भएको उनले बताए ।  खोपको व्यवस्थापन भइसकेको पालिकाले जनाएको छ ।