भद्रपुर । भद्रपुरबाट अन्दाजी दुइलाख ८० हजार  मूल्य बराबरको सातसय छ थान अबैध आँपको बिरुवा बरामद गरिएको छ । 

भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेका बिरूवालाइ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ८ अस्पताल  मोडबाट  बरामद  गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी टोलीले मङ्गलबार अपरान्ह् ४ बजे बरामद गरेका बिरुवालाइ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सारमा बुझाइएको जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए ।