धरान । कोशी प्रदेशको लोकप्रिय दैनिक पत्रिका ब्लाष्ट टाइम्स् दैनिक प्रकाशन गर्दै आएको पूर्वक्षितिज प्रकाशन प्रा.लि. धरानको अध्यक्षमा युवा सञ्चार उद्यमी दिलिप घिमिरे चयन भएका छन् । 

बिहीबार धरानमा सम्पन्न साधारण सभाले घिमिरेलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो । अन्य सञ्चालकहरुमा राजकुमार कार्की, किशोरकुमार कार्की, प्रविणकुमार कार्की, दिपेन्द्र कार्की, सुनिल अधिकारी, राजेश विद्रोही, ज्ञानु विष्ट, हरीबहादुर राउत चयन भएका छन् । 

राजकुमार कार्कीको अध्यक्षतामा भएको साधारण सभामा प्रबन्ध निर्देशक किशोरकुमार कार्कीले कम्पनीको गतिविधिबारे जानकारी गराएका थिए । आर्थिक प्रतिवेदन कम्पनीका लेखा परामर्शदाता विश्वराम कार्कीले अवगत गराएका थिए । साधारण सभाले आ.व. २०८२÷०८३ को लागि अडिटरसमेत नियुक्ति गरेको छ ।  

कार्यक्रममा प्रबन्ध निर्देशक किशोरकुमार कार्कीले मिडिया उद्योग धरासायी बन्दै गएको अवगत गराउँदै व्यवसायी, उद्योगीहरूसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताए । नव निर्वाचित अध्यक्ष दिलिप घिमिरेले पछिल्लो सयम मिडियामा देखिएको सङ्कट समाधानका लागि नयाँ सञ्चालक समितिले कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।