विजयपुर । सामाजिक सञ्जालमा “वृद्ध भत्ता पाउने उमेर बढाइयो” भन्ने हल्ला निराधार रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै वृद्ध भत्ताको उमेर सीमा बढाइएको भन्ने टिकाटिप्पणीहरूमा कुनै सत्यता नभएको जनाएको हो। सांसद निशा डागीले  जानकारी लागि भन्सूदै फेसबुकमा सूचना शेयर गरि  बृद्वाभत्ता सम्बन्धमा मन्त्रालय वा सम्बन्धित मन्त्रीस्तरबाट कुनै निर्णय वा औपचारिक छलफलसमेत नभएको उल्लेख गरिएको छ।

सामाजिक सञ्जालमा ७० वर्षबाट ७५ वर्ष पुर्‍याइएको जस्ता दाबीहरू व्यापक रूपमा फैलिएका थिए। तर यस्ता दाबीहरू आधिकारिक नभएको र भ्रम फैलाउने खालका भएको मन्त्रालयको भनाइ

मन्त्रालयले नागरिकहरूलाई आधिकारिक सूचना मात्र विश्वास गर्न र अफवाह नफैलाउन आग्रह गरेको छ।