विजयपुर । सुनसरीको दुहबी–५ स्थित कोशी राजमार्गबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ ।

शनिबार विराटनगरबाट दुहबीतर्फ आउँदै गरेको यात्रुवाहक म्याजिक भ्यानलाई इलाका प्रहरी कार्यालय दुहबीको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चेकजाँचका क्रममा भ्यानमा बिलबिजक नभएको लत्ताकपडा र कस्मेटिक सामान फेला परेको प्रहरीले जनाएको छ । बरामद सामानको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ रहेको छ । सामान नियन्त्रणमा लिएर थप कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।