विजयपुर। सरकारले जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद–उल–अज्हा) मा सार्वजनिक बिदा दिने भएको छ।

मुस्लिम आयोगबाट जेठ १४ गते बकर इद (इद–उल–अज्हा) परेको व्यहोरा जानकारी प्राप्त भएपश्चात् सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

सरकारद्वारा विसं २०८२ माघ १८ गते नेपाल राजपत्रमा प्रकाशित गरिएको सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद पर्ने दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको हो। मेत व्यक्त गरेको छ।