विजयपुर । सुनसरी र उदयपुर जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागू औषधसहित सात जनालाई पक्राउ गरेको छ ।


प्रहरीका अनुसार सुनसरीको धरान–२ स्थित भानु चोकबाट स्थानीय निश्चल लिम्बु र सुक्रराज तामाङलाई नियन्त्रणमा लिइएको हो । उनीहरूको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १ सय २८ क्याप्सुल र स्पास १ सय २८ ट्याब्लेट बरामद गरेको हो ।


यस्तै, सुनसरीकै प्रहरी चौकी भरोलबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–४ का फिर्ती चौधरी, रुद्र बहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६ सय ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।


यस्तै, उदयपुरको बेलका नगरपालिका–४ बाट सन्देश मगर र पारश राईलाई २ ग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेको छ । सातै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।