विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–८ गैसारबाट प्रहरीले १०.५७ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।


प्रहरीका अनुसार इटहरी–८ मा रफिक रायको घरमा डेरा गरी बस्ने भारत फारबिसगन्ज घर भएका ३२ वर्षीय अवधेश सिंह र इटहरी–३ बस्ने २९ वर्षीय सरोज काफ्ले पक्राउ परेका हुन्।


उनीहरूको साथबाट ब्राउन सुगर १०.५७ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई बरामद लागू औषधसहित इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ